कला


के राजनीतिबाटै हिरो बन्न चाहन्छिन् रेखा थापा?

के राजनीतिबाटै हिरो बन्न चाहन्छिन् रेखा थापा?

फाइल तस्बिर


नेपालखबर
असार २७, २०७९ सोमबार ७:४०, काठमाडौँ

रेखा थापा नेपाली फिल्ममा महिलाको भूमिका परिवर्तन गर्ने नायिका हुन् भन्दा फरक पर्दैन।

हिरोका वरिपरि महिला कलाकार सीमित भएको समय फिल्म उद्योगमा आएर महिला प्रधान चलचित्र बनाएकी रेखा पर्दामा नदेखिएको लामो समय भइसक्यो। एकताका रेखालाई ‘रियल हिरो’ भनेर समेत सम्बोधन गरिन्थ्यो। 

अहिले रेखा राजनीतिमा धेरै फिल्ममा कम सक्रिय छिन्। तथापि नयाँ फिल्म निर्माणको तयारी स्वरुप भर्खरै रेनशा वान्तवा राईलाई निर्देशकका रुपमा भित्र्याएकी रेखाले ‘हिरो उपाधी’का बारेमा बोलेकी छिन्।  

रेखाले हिरोको उपाधि हल्लाले पाउने उपाधि नभएको उल्लेख गरेकी छिन्। फिल्म उद्योगमा बेलाबेला महानायक विवाद चर्किरहन्छ।

विवादका बेला खासै नबोल्ने रेखाले सामाजिक सञ्जालमा लेख्दै नायक बन्न सजिलो नभएको बताएकी छिन्। 

रेखा लेख्छिन् ‘अनवरत रुपमा मान्छेका मस्तिष्क भित्र छोड्ने असम्भव सफलताको छाप नायक हो, चाहे त्यो राजनीति होस्, चाहे फिल्म, चाहे खेल।’

नायकको उपाधि दिन हतार गर्नु नहुने बताउँदै रेखाले राजनीति गरेर पनि हिरो बन्न सक्ने संकेत गरेकी छिन्। पछिल्लो समय सक्रिय राजनीतिमा लागेर फिल्म माया मारेकी रेखाको राजनीति बाटै हिरो बन्ने सोच रहेको फिल्मकर्मीले बताउन थालेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad