नेपाली फिल्म ‘कबड्डी ४’ले ४२ दिनमा २२ करोड भन्दा धेरै रकम कमाएको छ।
अहिलेसम्म २२ करोड ७३ लाख कमाएको यो फिल्मले हिन्दी सिनेमा ‘बाहुबली २’को नेपाल कमाइ भेट्टाउने खोजेको छ। ‘बाहुबली २’ले नेपाली बक्स अफिसमा बनाएको रेकर्ड तोड्न ‘कबड्डी २’ अझै २६ लाख ग्रस कलेक्सन गर्नु पर्ने हुन्छ।
घरेलु बक्स अफिसमा भने ‘कबड्डी ४’ अहिलेसम्मकै उच्च कमाइ गर्ने फिल्मको कीर्तिमान बनाउन सफल भएको छ।
फिल्मले मोफसलबाट १० करोड ५ लाख ९७ हजार ४८० रुपैयाँ ग्रस र काठमाडौं उपत्यकाबाट १२ करोड ६७ लाख ५६ हजार ३६५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
फिल्मको सार्वजनिक भएको रकममा गत शुक्रबार, शनिबार र आइतबारको कमाइ जोडिएको छैन।
रामबाबु गुरुङले निर्देशन गरेको यो फिल्ममा दयाहाङ राई, मिरुना मगर र सौगात मल्लले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन्।
Shares

प्रतिक्रिया