बलिउड अभिनेता रणवीर सिंहले नयाँ घर किनेका छन्।
उनले १९ करोड भारुमा मुम्बईको बान्द्रामा नयाँ घर खरिद गरेका हुन्।
रणवीरले खरिद गरेको नयाँ घर शाहरुख खानको ‘मन्नत’ र सलमान खानको ‘ग्यालेक्सी अपार्टमेन्ट’को बिचमा रहेको छ।
११ हजार २६६ स्क्वायर टिपमा निर्माण भएको उनको नयाँ घरमा ११९ वटा कार पार्किङको सुविधा रहेको छ।
रणवीरको नयाँ घर सागर रेशम सहकारी अपार्टमेन्टको १६ देखि १९ औँ तलासम्म रहेको छ।
381
Shares

प्रतिक्रिया