कला


नीताको बिहे देखेर दोधारमा नन्दिता : मागी विवाह गरौं कि भागी विवाह?

नीताको बिहे देखेर दोधारमा नन्दिता : मागी विवाह गरौं कि भागी विवाह?

नेपालखबर
असार २८, २०७९ मंगलबार १०:१४, काठमाडौँ

कार्यक्रमका सिलसिलामा अमेरिका पुगेर उतै बसेकी अभिनेत्री नन्दिता केसी लामो समयपछि नेपाल फकिएकी छन्। विवाह गर्ने उमेरमा परदेश पसेकी नन्दिता अहिलेसम्म ‘सिंगल’ छिन्। 

उनी नेपाल फर्किएकै समयमा अर्की नायिका नीता ढुंगानाको विवाह भयो। नन्दिता पनि नीताको वैवाहिक समारोहमा सहभागी भइन्। आफ्नी बहिनीको विवाहका लागि नेपाल आएकी नन्दिता नीताको वैवाहिक समारोह देखेर चकित भइन्। 

नीताको विवाहको दृश्यले नन्दितालाई चकित मात्रै पारेको छैन, हैरान पनि बनाएको छ। विवाह व्यवस्थापनको तनाव देखेर नन्दिता आफ्नो विवाह परम्परागत रूपमा गरौं कि भागेर विवाह गरौं भन्ने दोधारमा परेकी छन्। 

सञ्चारकर्मीले तपाईंको बिहे कहिले भनेर गरेको प्रश्नमा उनले भनिन्, ‘विवाह समारोहमा देखिएको तनावले मलाई त भागेर विवाह गर्न मन लागेको छ।’ 

विवाहका लागि सहि समय र लगन कुरिरहेको बताउने नन्दिता छिट्टै अमेरिका फर्किने तयारीमा छिन्। उनी नेपाली फिल्म उद्योगमा करिअरले गति समात्न नसकेपछि अमेरिका पलायन भएकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad