गत महिना बलिउडमा एउटा खबर भुसको आगोजसरी फैलियो। खबरमा भनियो- अभिनेता सलमान खान र उनका बुवा सलिम खानलाई मार्ने धम्की आयो। उनीहरुलाई मार्ने धम्कीसहितको पत्र सलमान निवासमै भेटियो।
केही समय तरंग फैलाएको यो खबर अहिले सेलाइसकेको छ। यही बेला सलमानकै नाम जोडिएर अर्को खबर चर्चामा आएको छ।
सलमानलाई मार्नै भनेर किनिएको राइफलको खबर पछिल्लो समय चर्चामा आएको छ।
सिद्धु मुसेवालाको हत्या आरोपमा अनुसन्धानमा रहेका ग्याङस्टार (गुन्डा नाइके) लरेन्स विश्नोईले क्रममा उक्त राइफलबारे खुलासा गरेको बलिउड हंगामा उल्लेख गरिएको छ।
उक्त राइफल खरिद गरिएको तत्काल भने होइन। लरेन्सका अनुसार सन २०१८ मा सलमानलाई मार्न उक्त राइफल खरिद गरिएको हो। यो राइफल सामान्य नभएको पनि बताइएको छ। लरेन्सले भारु ४ लाख अर्थात् नेपाली ६ लाख २८ हजार ७७० रुपैयाँ पर्ने विशेष राइफल किनेका थिए।
दिल्ली प्रहरीको विशेष सेलले गरेको सोधपुछका क्रममा उनले उक्त राइफलबारे बताएका थिए।
लरेन्सका अनुसार उनले सलमानलाई सन १९९८ मा राजस्थानमा सलमानको ‘हम साथ साथ है’ फिल्म छायांकनका क्रममा जोधपुरमा ब्लाक बक (जरायोको एउटा प्रजाति) सिकारको मुद्दामा मार्न खोजेका हुन्।
सलमानलाई मार्न लरेन्सले किनेको राइफल आरके स्प्रिङ राइफल हो।
Shares

प्रतिक्रिया