कला


को हुन् नीताको विवाहमा भाइरल भएका आमेश?

को हुन् नीताको विवाहमा भाइरल भएका आमेश?

नेपालखबर
असार ३०, २०७९ बिहिबार ११:३४, काठमाडौँ

नेपाली चलचित्रकी नायिका नीता ढुंगानाले गत असार २४ गते विवाह गरिन्। नीताले केही वर्षदेखि ज्योतिष हरिहर अधिकारीसँगको प्रेमलाई विवाहमा परिणत गर्दै गर्दा थुप्रै विषय चर्चामा रहे। 

बिहेको केहि दिन अघि मात्रै औपचारिक रुपमा हरिहरसँगको प्रेम स्वीकार गरेकी नीताका ब्याचलर पार्टी, मेहन्दी र संगीत पार्टी निक्कै चर्चामा रहे। विवाहको दिन आशीर्वाद दिन पुगेका निम्तालुलाई फोटो खिच्न नदिएपछि चित्त दुखाएका कलाकर्मीदेखी आशीवार्दका रुपमा भुवनले अनमोल जस्तो छोरो पाउनु भनेको प्रसङ्गले नेपाली फिल्मी बजारलाई झण्डै एकसाता तताए। 

विवाहको छिनोफानो गरेर नीताले ब्याचलर पार्टी मनाउँदै गर्दा आमेश भण्डारी एकाएक चर्चामा आए। नीतासँग २ फिल्ममा स्क्रिन शेयर गरेका आमेश टिकटकभरी देखिए। नीताको विवाहमा आमेश भाइरल हुनुको अन्तर्कथा नीतासँग फिल्म खेल्नुसँग मात्रै गाँसिएको भने थिएन। 

केही गीत गाएर रमाइरहेका आमेश नीतासँगको भेटपछि नै फिल्ममा देखिएका हुन्। तर आमेशको फिल्मी करिअर लामो बाटो भने तय गर्न सकेन्। फिल्मी करिअर र गायन दुवैतिर फ्ल्प भएर बसेका आमेशका हरेक टिकटक भिडिओ मुन्तिर हरिहर र नीता जोडिए। 

उनी कुनै भिडिओमो ‘सपनीमा आयौ, विपनीमा गयौ’ भनिरहेका भेटिन्छन् त कुनै भिडिओमा ‘हिजोसम्म बेबी तिमी मेरो राजकुमार हौ भन्थ्यौ तर आज अर्कैसँग गइदियौ’ भनिरहेका हुन्छन्। अहिले टिकटकमा आमेशका यस्तै वियोगका भिडिओ भाइरल भएका हुन्। 

तर यो सबै भिडिओ उनले भर्खरै बनाएका होइनन्। यो टिकटक प्रयोगकर्ताको काम हो। आमेश नीताका पूर्वप्रेमी हुन्। नीता र आमेशले केहि वर्षअघि आफ्नो चार वर्षे प्रेम टुङ्ग्याएर आ–आफ्नो बाटो लागेका थिए। सार्वजनिक रुपमा प्रेम स्वीकारेका उनीहरुले सार्वजनिक रुपमै ब्रेकअप पनि स्वीकारेका थिए। यी दुईका त्यसबेलाका अन्तर्वार्ता युट्युबमा अहिले पनि भेटिन्छन्।

नीताको विवाहको खबर सार्वजनिक भएसँगै आमेशको एकाउन्टमा रहेका पुराना भिडिओहरुलाई टिकटक प्रयोगकर्ताले भाइरल गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad