कला


यी नेपाली फिल्मले पाए आईएमडीबीमा धेरै रेटिङ

यी नेपाली फिल्मले पाए आईएमडीबीमा धेरै रेटिङ

नेपालखबर
असार ३०, २०७९ बिहिबार ११:३९, काठमाडौँ

दुई नेपाली फिल्म आईएमडीबीमा धेरै रेटिङ पाउने नेपाली फिल्मको सूचीमा परेका छन्। ‘कबड्डी ४’ र ‘पसुपतिप्रसाद’को आईएमडीबीमा उच्च रेटिङ देखिएको छ। यी दुशै फिल्मलाई पोर्टलले कुल १० मा ८.५ रेटिङ दिएको छ। 

आईएमडीबी विश्व फिल्मको तथ्यांक राख्ने पोर्टल हो। आईएमडीबीले नेपाली फिल्मबारे आफूलाई नियमित अपडेट गरिरहेको छ। पछिल्लो समय आईएमडीबीमा नेपाली फिल्मबारे प्रयोगकर्ताको रेटिङ पनि हेर्न सकिन्छ। 

आईएमडीबीमा कबड्डीको पहिलो शृंखला ८.२ रेटिङसहित दोस्रो नम्बरमा छ। जात्रा ८.१, लुट ८, टलकजंग भर्सेस टुल्के ७.९, सेतो सूर्य ७.१, दासढुंगा ७.१ र कालोपोथी ६.९ रेटिङ प्राप्त गरेर  आईएमडीबी पोर्टलमा देखिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad