सञ्चारकर्मी प्रकाश सुवेदी र नायिका पूजा शर्माको सम्बन्धका बारेमा नेपाली फिल्मी उद्योग नै जानकार छ।
एकताका यी दुईबीचको सम्बन्धको चिसोपनाका उजुरीले विभिन्न प्रशासनका टेबल भरिएका थिए।
प्रकाश र पूजाको सम्बन्ध लामो समय मनोरञ्जन उद्योगका लागि मसला बन्यो। प्रकाशले पूजालाई आफ्नो टेलिभिजन कार्यक्रममा बोलाएर नेपालका अञ्चल र जिल्ला संख्या सोध।
पूजाले सही उत्तर दिन सकिनन्। अनुमानका भरमा भनेको उत्तर बिग्रिएपछि रेकर्ड गरिएको उक्त कार्यक्रम प्रसारण हुँदा बिग्रिएको उक्त अंश काटेर प्रचारण गर्ने सहमति सहित पूजा आफ्नो बाटो लागिन।
तर कार्यक्रम सम्पादन भएन। पूजाको उत्तरले सामाजिक सञ्जालमा राम्रै ट्रोल बन्यो। त्यसपछि यी दुईको पानी बाराबारको अवस्था देखियो। ट्रोलको सिकार भएपछि प्रकाशले सम्झौता अनुसार बिग्रिएको अंश नकाटेको भन्दै आक्रोश पोखिन।
त्यसपछि प्रकाशले टेलिभिजन कार्यक्रममै 'यत्रायत्रा दाह्रा निस्केकालाई हामीले महा नायिका भनिदिनुपर्ने?' भनेर प्रश्न गरे।
त्यसपछि त यी दुईको शीतयुद्धका कारण पूजाका नजिक मानिएका कलाकारले नै प्रकाशको कार्यक्रम बहिस्कार गरे।
तर अहिले यी दुईको सम्बन्धमा सुधार आएको बताइएको छ।
प्रकाश र पूजाको सम्बन्ध सुधारको कारण देखिएका छन् आकाश श्रेष्ठ। एक समय पूजासँग राम्रो सम्बन्ध रहेका आकाशको सम्बन्ध अहिले सुमधुर छैन।
पूजासँग निकट हुँदा प्रकाशको कार्यक्रममा नगएका आकाश पूजासँगको तितोपनपछि प्रकाशको कार्यक्रममा पुगे।
कार्यक्रममा प्रकाशले उनलाई ठाडो शैलीमा प्रश्न सोध, आकाश नरम नै सुनिए। उक्त कार्यक्रम हेरेपछि पूजाले प्रकाशलाई म्यासेज गरिन 'आइ लभ यू मेरो दाइ प्रकाशले बहिनीको प्रेमिल म्यासेज त हेरे तर कुनै प्रतिउत्तर दिएनन्।
अहिलेसम्म उनले पूजाको उक्त म्यासेजकाे रिप्लाई नदिएको प्रकाश निकट स्रोत बताउँछ। प्रकाश आफैं भने यो कुरा छोडिदिउँ भन्छन्।
प्रकाश पनि पूजाप्रतिको रिसलाई मार्ने मनस्थितिमा पुगेको भान हुन्छ।
पूजाको म्यासेज आएको हो भन्ने प्रश्नमा प्रकाश घुमाउरो जवाफ दिन्छन् ‘कहिलेकाहिँ रिसलाई मार्नु पर्छ।’
Shares

प्रतिक्रिया