कला


'राधा' निर्देशकको आग्रह, सृष्टिलाई सौगातको प्रेमिकाका रुपमा नहेरौं

'राधा' निर्देशकको आग्रह, सृष्टिलाई सौगातको प्रेमिकाका रुपमा नहेरौं

नेपालखबर
साउन ३, २०७९ मंगलबार ११:३६, काठमाडौँ

सौगात मल्ल र सृष्टि श्रेष्ठको प्रेम नेपाली फिल्म बजारमा लुकेको छैन।

लामो समयदेखि प्रेममा रहेको यो जोडी चाँडै विवाह बन्धनमा बाँधिने साइत कुरेर बसेको चर्चा मनोरञ्जन बजारमा सुरु भएको छ। 

यति बेला भने यो जोडीको चर्चा 'राधा' फिल्मका कारण भइरहेकाे छ।

सृष्टिको शीर्ष भूमिका रहेको 'राधा' मा सौगातले लगानी गरेका छन्।

फिल्ममा श्रीमान्को पर्खाइमा बसेकी गर्भवती महिलाको भूमिका निर्वाह गरेकी सृष्टि रियलमा चाहिँ फिल्म प्रदर्शनको पर्खाइमा छिन्। 

सृष्टिका लागि विशेष भनिएको यो फिल्मलाई लिएर मनोरञ्जन वृत्तमा आफ्नोमा लगानी गरेको भन्ने आरोप पनि सुरु भएको छ। 

फिल्मको गीत सार्वजनिक कार्यक्रममा सौगातले यस्तै प्रश्नको सामना गर्नुपर्‍यो।

तर उनले सृष्टि आफ्नो मान्छे भएर मात्रै फिल्ममा नलिएको दाबी गरेका छन्।

फिल्मका लागि सृष्टि निर्देशको रोजाइमा परेको सौगातको भनाई छ। सौगातको भनाई मान्ने हो भने 'राधा' मा सृष्टिलाई निर्देशक सुवर्ण थापाले राखेका हुन्। सौगातको उक्त कुरालाई निर्देशक थापाले पनि पुष्टि गरेका छन्। 

उनले सृष्टिले फिल्ममा उत्कृष्ठ अभिनय गरेको भन्दै सृष्टि सौगातको प्रेमिका भन्दा पहिला कलाकार हुन् भनेर बुझिदिन आग्रह गरे। 

यो फिल्म आगामी भदौ १० गतेबाट प्रदर्शनको तयारीमा छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad