नेपाली फिलम ‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक भएको छ। यो फिल्ममा नायिका श्रृष्टी श्रेष्ठले शिर्ष भूमिकामा अभिनय गरेकी छन् ।सार्वजनिक ट्रेलर उनकै कथा वरीपरि घुमेको छ।
फिल्म ‘माइकल अधिकारी’मार्फत सेरोगेसीको कथा उठान गरिएको छ। फिल्ममा श्रृष्टिले पैसाका लागि आफ्नै कोख भाडामा बेच्ने महिलाको भूमिका निर्वाह गरेकी छन्। सौगात मल्लले फिल्ममा श्रृष्टिको श्रीमानको भूमिका निर्वाह गरेका छन्।
आगामी भदौ ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म गोपीकृष्ण मुभिजको ब्यानरमा निर्माण भएको हो। उद्धव पौडेलको प्रस्तुति रहेको यो फिल्ममा निरक पौडेलले लगानी गरेका छन्।
फिल्ममा श्रृष्टि र सौगातका साथमा आशान्त शर्मा, लुनिभा तुलाधर, ऐनी कुँवर लगायतका कलाकारले अभिनय गरेका छन्। रञ्जित रौनियारको कथा तथा निर्देशन रहेको फिल्ममा शैलेश कँडेल क्षेत्रीको पटकथा तथा संवाद छ।
Shares

प्रतिक्रिया