कला


मह जोडीको ‘महापुरुष’ दसैंमा

मह जोडीको ‘महापुरुष’ दसैंमा

नेपालखबर
साउन ५, २०७९ बिहिबार ११:४, काठमाडौँ

नेपालमा प्राय: ठूला ब्यानरमा निर्मित फिल्म प्रदर्शनका लागि चाडपर्व वा बिदाको समय कुर्ने गरिन्छ। त्यसैले पनि ठूला पर्वमा फिल्म प्रदर्शन गराउन निर्माताको तँछाडमछाड हुने गर्छ। 

कोरोना महामारीका कारण दुई वर्ष दसैं-तिहारमा फिल्म प्रदर्शन हुन पाएनन्। त्यसैले पनि आगामी दसैंमा हलमा नेपाली फिल्मको बाढी आउने देखिन्छ। 

अहिलेसम्म दसैंका लागि ‘प्रेमगीत ३’ र ‘परदेशी २’ले औपचारिक रुपमै प्रदर्शन मिति तय गरेका छन्। ‘प्रेमगीत ३’ले असोज ७ र ‘परदेशी २’ले असोज १४ लाई प्रदर्शन मिति लक गरेका छन्। 

उता कलाकार दीपकराज गिरी आफ्नो फिल्म दसैंमै रिलिज गर्ने बताइरहेका छन्। अहिलेसम्म छायांकनमै नगएको उनको फिल्म दसैंमा रिलिजका लागि तयार हुन्छ, हुँदैन यसै भन्न सक्ने अवस्था छैन। 

छायांकनकै क्रममा रहेको अर्को फिल्मको निर्माण टिमले पनि दसैंमा नै आफ्नो फिल्म रिलिज गर्ने बताएको छ। फिल्म ‘महापुरुष’ टिमले रिलिज टार्गेट दसैंलाई राखेको छ। 

प्रदीप भट्टराईले निर्देशन गरेको यो फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ललगायतका कलाकारले शीर्ष भूमिकामा अभिनय गरेका छन्। औपचारिक रुपमा केही नभने पनि निर्माण टिमले असोज १४ मा प्रदर्शन गर्ने गरी आन्तरिक तयारी थालेको छ।

यो फिल्म पनि दसैंमै रिलिज भएको खण्डमा दसैंमा नेपाली चलचित्रबीच भिडन्त रोमाञ्चक हुने देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad