दीपकराज गिरी र दीपाश्री निरौलाले चलचित्र ‘छक्का पञ्जा ४’ निर्माण गर्ने भएका छन्।
आज एक औपचारिक कार्यक्रम गर्दै उनीहरुले ‘छक्कापञ्जा ४’ निर्माणको औपचारिक घोषणा गरेपनि रिलिज हुने मिति भने तोकेका छैनन्।
‘छक्का पन्जा’को चौथो सिरिज निर्देशक हेमराज बिसीले निर्देशन गर्ने भएका छन्।
यसअघिका सबै सिरिज दीपाश्री निरौलाले निर्देशन गरेकी थिइन्।
छक्का पन्जा ४ मा नयाँ नायिका भित्र्याउँदै दीपक, निर्देशनबाट हटिन् दीपा
‘छक्का पन्जा’का ३ सिरिज निर्देशन गरेर आफूलाई सफल निर्देशकको सूचीमा पार्न सफल दीपा चौथो सिरिजबाट भने आउट भएकी छिन्। यो सिरिजमा निरौलालाई शीर्ष कलाकार भित्र देख्न पाइने दीपकले बताएका छन्।
129
Shares

प्रतिक्रिया