निर्देशक कमल एक्लै मगरको निर्देशनमा बनेको फिल्म ‘डेसान’को पहिलो पोस्टर सार्वजनिक भएको छ।
पोस्टरसँगै फिल्मको प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ।
महामारीको बिषयमा निर्माण गरिएको फिल्म २३ मंसिरमा प्रदर्शन हुनेछ।
सार्वजनिक दुई डिजाइन मध्ये एउटा पोस्टरमा डेब्यु अभिनेत्री पुनम थापा र डेब्यु अभिनेता निशान चौहान रोमान्टिक अवतारमा देखिन्छन् भने अर्काे पोस्टरमा निशान र पुनमका साथमा नम्रता सापकोटा र भोला सापकोटालाई गम्भीर मुद्रामा प्रस्तुत गरिएको छ।
पर्फमिङ आर्ट क्रियसनको ब्यानरमा निर्मित फिल्ममा नम्रता, निशान, भोलाराज, पुनमका साथमा कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमीशा सारुमगर लगायतका कलाकारको अभिनय छ।
चक्रबहादुर महर्जनले खिचेको फिल्मको गीत राजु थापाले लेखेका हुन् भने हरि लम्सालको संगीत अनि प्रताप दास र प्रविशा अधिकारीको स्वर छ।
मिलन श्रेष्ठले सम्पादन गरेको फिल्मलाई एफडि,जिजिए ग्रुप र रिच इन्टरटेन्मेन्टले वितरण गर्दैछ।
कोरोना महामारीको त्रासादीमा छायांकन गरिएको फिल्मले भरपुर मनोरञ्जनका साथै उपयोगी सन्देशसमेत प्रवाह गर्ने दावी निर्माण पक्षको छ।
राज थापा काउचको कथा रहेको फिल्मको स्क्रिप्ट निर्देशक कमल स्वयंले लेखेका हुन्।
कृशाला मगर कार्यकारी निर्माता रहेको फिल्म नेपालभन्दा पहिला विभिन्न देशमा प्रदर्शन हुने तयारीमा छ।
Shares

प्रतिक्रिया