अभिनेता राजेश हमालले फिल्म ‘छड्के २’मा बाबुको भूमिका अस्विकार गरेका थिए।
निर्माताले ५० लाख पारिश्रमिक दिएर अफर गर्दा पनि हमाल बाबु बन्न तयार भएनन्।
त्यसपछि रामबाबु गुरुले पनि नयाँ फिल्मका लागि बाबुको भूमिका अफर गरे। उक्त फिल्ममा पनि हमालले बाबु बन्न नमानेपछि अभिनेता विपिन कार्कीलाई चिट्ठा परेको छ।
हमालले अस्विकार गरेको बाबुको भूमिका विपिनले सहजै स्विकार गरिदिए।
रामबाबु गुरुङको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘फूलबारी’मा विपिन बाबुको भूमिकामा देखिँदैछन्।
हमालले अस्विकार गरेको उक्त भूमिका विपिनले निर्वाह गर्ने निर्देशक गुरुङले जानकारी दिएका छन्।
विपिनले उक्त फिल्ममा अभिनय सम्झौतापछि आफ्नो करियरकै सबैभन्दा ठूलो चुनौती मोल्न तयार भएको बताएका छन्।
अभिभावक र सन्तानको सम्बन्धको कथा भन्ने यो फिल्मका लागि अहिलेसम्म विपिन र दयाहाङ राई मात्रै फाइनल भएको गुरुङले बताए।
यो फिल्ममा विपिन अवकाश प्राप्त स्कुलका प्रिन्सिपलको भूमिकामा देखिने छन्।
विपिनले उक्त भूमिकामा देखिन आफू मनोवैज्ञानिक रुपमै तयार भैसकेको बताए।
Shares

प्रतिक्रिया