कला


भुवन केसीविरुद्ध तात्तिएको सामाजिक सञ्जाल

भुवन केसीविरुद्ध तात्तिएको सामाजिक सञ्जाल

नेपालखबर
साउन ११, २०७९ बुधबार ९:४, काठमाडौँ

पुराना अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भए। गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गर्यो। भुवनले बोर्ड अध्यक्ष बन्न पार्टी नै परिवर्तन गरेका थिए।

भुवनलाई चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेपछि अहिले सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ।

विराेधीहरुले केसीको नियुक्तिका विषयमा दुई कोणबाट विरोध गरिरहेका छन्। एकाथरीले भुवन बोर्ड अध्यक्षका लागि सक्षम भएको भए किन पार्टी प्रवेश नगराइ नियुक्ति नदिएको भनेर सरकारको विरोध गरेका छन्। ​

अर्काथरीले भने ‘मिटु’को आरोप लागेका भुवनलाई बोर्ड अध्यक्षको जिम्मेवारी दिएको भन्दै आलोचना गरेका छन्। भुवनको नियुक्तिलाई व्यङ्ग्य गर्दै ध्रुव लम्सालले लेखेका छन्, ‘सरकारले भुवन केसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ। फिल्म उद्योगमा क्रान्ति नै गर्ने हो भने अब पल शाह र पूजा शर्मालाई बोर्ड सदस्य नियुक्त गर्दै साम्राज्ञी शाहमाथि कारबाही गर्नुपर्छ। भुवन केसीजस्ता चरित्रवान\ मानिसमाथि औँला उठाउने?’

केसीले आफूलाई दुर्व्यवहार गरेको भन्दै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आरोप लगाएकी थिइन्। साम्राज्ञीले भुवनलाई ‘मिटु’को आरोप लगाउँदा मौन रहेको फिल्म उद्योग भुवनको नियुक्तिमा भने सेलिब्रेट गरिरहेको छ। अन्य क्षेत्रका महिला तथा पुरुषले विरोध गरिरहँदा फिल्म उद्योगकै मानिसले भने भुवनको विरोध गर्न सकेका छैनन्। 

सामाजिक सञ्जालमा धेरैले यौन दुर्व्यवहारको आरोप लागेका भुवनलाई बोर्ड अध्यक्ष नियुक्तिले खुसी नमिलेको बताएका छन्। अध्यक्ष बन्नकै लागि उनले कांग्रेस प्रवेश गरेको कुरा नलुकेको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad