नेपाली फिल्म ‘नाइँ नभन्नु ल’ र बाल कलाकारको सम्बन्ध गहिरो छ। यो फिलमको सिरजले थुप्रै बालकलाकार जन्माएको छ। ‘नाइँ नभन्नु ल’बाटै उदाएर उद्योगमा स्थापित कलाकार हुन् अनुभव रेग्मी।
विकासराज आचार्यको निर्देशनमा बनेका ‘नाइँ नभन्नु ल’ पाँच सिरिजले बक्स अफिसमा राम्रो कमाइ गरे। विकासराज यही फिल्मको छैटाैँ सिरिजको तयारीमा लागेका छन्।
आचार्य छैटाैँ सिरिजबाट एकैपटक सात जना बालकलाकारलाई पर्दामा प्रस्तुत गर्ने तयारीमा छन्। टिकटक फेम्ड एभेलिना, निखिल उप्रेती पुत्र अथर्व र आयुष बजगाईंलगायत बालकलाकार यो फिल्ममा देखिने भएका छन्।
भदौ अन्तिम साताबाट छायांकनमा जाने यो फिल्ममा आँचल शर्माले डेब्यु ब्वाई आशीर्वाद बरालसँग रोमान्स गर्नेछिन्। धेरै बालकलाकार रहे पनि फिल्मले परिपक्व उमेरका दर्शकलाई गम्भीर सन्देश दिने निर्देशक आचार्यले बताएका छन्।
फिल्मका हरेक सिरिजमा बालबालिकाको प्रेम देखाएका आचार्यले ‘बालबालिकालाई प्रेम गर्न सिकाएको’ भन्ने आरोप पनि खेपे।
उनले यो आरोपलाई खण्डन गर्दै भनेका छन्, ‘मेरो फिल्मले बालबालिकालाई झगडा गर्न होइन, शान्ति सिकाउँछ, हिंसा होइन प्रेम सिकाउँछ।’
फिल्मको छैटाैँ सिरिज पनि प्रेम कथामा बन्ने उनको भनाइ छ।
Shares

प्रतिक्रिया