मनोरञ्जन उद्योगमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको नाम जोडियो।
केही फिल्म र थुप्रै म्युजिक भिडियोमा स्क्रिन शेयर गरेका आकाश र पूजाको प्रेम सम्बन्धले पनि राम्रै चर्चा कमाएकाे थियाे।
आफ्नै प्रेमको गसिपलाई लिएर पूजा र आकाश केही समय रमाए।
तर आकाश र पूजाको सम्बन्धको धागो छोटो समयमै चुँडियो। आकाशसँगको सम्बन्धमा बिराम लगाएकी पूजा युद्ध बानियाँको प्रेममा रङ्गीएको धेरै समय बितिसक्याे।
यता आकाश भने पूजासँगको सम्बन्ध टुटेपछि केही समय सिंगल नै बसेका थिए।
पछिल्लो समय भने आकाश अभिनेत्री करुणा श्रेष्ठको प्रेममा परेको सार्वजनिक भएको छ।
प्रेमको खबर सार्वजनिक भइरहे पनि आकाश र करुणा दुबैले सार्वजनिक रुपमा आफूहरुको प्रेम स्वीकार गरेका छैनन्।
आकाश र करुणा दुबै पत्रकारको प्रश्नले घेरिन थालेका छन्। यसै साता एक म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा पुगेकी करुणालाई पत्रकारले आकाशसँगको सम्बन्धका बारेमा प्रश्न गरे।
करुणाले घुमाउरो शैलीमा आकाशको प्रेम स्वीकार गरेकी छन्।
उनले अकाशसँगको कुरालाई आफूले प्राइभेट राख्न चाहेको उल्लेख गरिन्।
आकाशसँग काम गर्दा आफूले धेरै कुरा सिकेको बताएकी करुणाले भनिन् ‘म यो टपिसमा केही बोल्न चाहान्नँ।’
आकाशसँग काम गर्दा आफूलाई कम्फट भएको करुणाले सुनाइन्।
Shares

प्रतिक्रिया