नेपाली फिल्म उद्योगमा खासै चल्न नसकेकी अभिनेत्री हुन् खुश्वु खड्का।
उद्योगमा आएको लामै समय हुँदा पनि यी अभिनेत्रीले सम्झिन लायक फिल्ममा काम गर्न पाएकी छैनन्।
फिल्ममा चल्न नसकेपछि खुश्वु म्युजिकभिडिओमा भविष्य खोजिरहेकी छिन्।
उनले पछिल्लो पटक अभिनय गरेको ‘सरमै भो’गीतको भिडियोमा अभिनय गरिन्।
यसै साता उनले अभिनय गरेको गीतको म्युजिक भिडियो सार्वजनिक भयो।
खुश्वुले आफ्नो गीतको रिलिज कार्यक्रममा थोरै भएपनि आफ्नो प्रमोसन हुने सोचेकी थिइनन्।
तर भैदियो उल्टो। गीतसँग संलग्नता नै नभएका आमेश भण्डारी र एन्जिला रेग्मीको उपस्थितिले गीतका गायक भीम बिसी र मोडल खुश्वु छायाँमा परे।
आमेश र एन्जिला गायक बिसीको निम्तो मान्न कार्यक्रममा उपस्थित भएका थिए।
भीमको स्वर र खुश्वुको अभिनयको चर्चा हुनु पर्ने कार्यक्रममा आमेश र एन्जिलाको मात्रै चर्चा भयो।
नीताको बिहेमा भाइरल भएका आमेश र एन्जिलाको प्रेम मसला बन्यो। भीम र खुश्वुको कतै नाम उल्लेख भएन।
खुश्वु यो म्युजिक भिडियोलाई लिएर निक्कै उत्साहित देखिन्थिन्।
उनले सामाजिक सञ्जालमा गीतका पोस्टर सार्वजनिक गरेर राम्रो काम गरेको बताइरहेकी थिइन।
तर गीत सार्वजनिक कार्यक्रममै उनको कामको चर्चा हुन पाएन। एन्जिला र आमेशको प्रेमले खुश्वुलाई नराम्रोसँग डुबाइदियो।
Shares

प्रतिक्रिया