कला


‘साइनो सौरभ’ संयुक्त साइनो कविता सङ्ग्रह विमोचन

‘साइनो सौरभ’ संयुक्त साइनो कविता सङ्ग्रह विमोचन

नेपालखबर
साउन १६, २०७९ सोमबार १७:५०, काठमाडौँ

‘साइनो सौरभ’ संयुक्त साइनो कविता सङ्ग्रह विमोचन भएको छ।  

साइनो वाङ्मय प्रतिष्ठान नेपालको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा एक कार्यक्रमका बीच सोमबार उक्त कविता सङ्ग्रह विमोचन भएको हो।

प्रज्ञा प्रतिष्ठानका काव्य विभागका प्रमुख प्राडा हेमनाथ पौड्यालले विमोचन गरेका हुन्। उनी विमोचन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका थिए। 

प्रतिष्ठानका सल्लाहकार केशव ज्ञवालीले साइनो व्यंग्यात्मक कविता संग्रह रहेको बताए। साइनोका ९/१० वटा कृति सार्वजनिक भएको ज्ञवालीले जानकारी दिए। उनले साइनोका कविता लघु कविताभन्दा फरक रहेको बताए। 

साइनोका कविताहरूको अक्षर संरचना ७, ८, ९ रहेका छन्। ३ हरफमा रहने साइनो ८ वटा भाषामा लेखिएका छन्। 

महासचिव बालकुमार क्षेत्रीले ३ वर्षदेखि काव्यजगतमा उपस्थित रहेको बताए। प्रतिष्ठानको पहिलो कृति साइनो सारथि रहेको थियो।

प्रतिष्ठानका सचिव शेखर अर्यालले साइनोका कविता छोटा र तिखा रहने गरेको बताए। 

विशिष्ट अतिथि प्राडा रामप्रसाद ज्ञवालीले अरूले बनाएका बाटोमा हिँड्न सहज भए पनि आफ्नै सिद्धान्तमा हिँड्न सक्नु सफलता रहेको बताए। उनले लेखनमा एउटा मानक बनाएर जानुपर्ने बताए। 

साइनो सौरभको सम्पादन छायादत्त न्यौपाने, डा. सीता सुवेदी, शेखर अर्याल र डा. शेखरकुमार श्रेष्ठले गरेका छन्। साइनो सौरभको मूल्य ३२५ रूपैयाँ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad