NepalKhabar NepalKhabar

कला


श्रीकृष्ण श्रेष्ठको निधन भएको ८ वर्ष पुग्यो

श्रीकृष्ण श्रेष्ठको निधन भएको ८ वर्ष पुग्यो

नेपालखबर
साउन २६ , काठमाडौँ

नेपाली फिल्म उद्योगमा उँचो छवि बनाएका कलाकार थिए– श्रीकृष्ण श्रेष्ठ। उनले आफ्नो जीवनकालमा थुप्रै हिट फिल्म दिए। उनको २०७१ साउमा निधन भयो। उनको निधन साउन २५ मा ८ वर्ष पूरा भएको छ।

श्रेष्ठको दिल्लीको गंगाराम अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। ४५ वर्षका श्रेष्ठले बोन क्यान्सरका कारण मृत्युवरण गर्नुपर्यो। उनको मृत्यु ताका उनले नै निर्माण गरेको फिल्म ‘कोहिनुर’ प्रदर्शन भएको थियो। 

श्रेष्ठको निधनको ८ वर्ष बितिसक्दा पनि उद्योगका मानिसले उनलाई उसैगरी सम्झना गर्ने गरेका छन्। फिल्म उद्योगमा मिलनसार अभिनेताका रुपमा चिनिने श्रेष्ठले थुप्रै पारिवारिक फिल्ममा अभिनय गरेका छन्। 

उनले अभिनय गरेका अधिकांश फिल्मले ५१ दिन मनाउँथे। कति फिल्म सय दिनसम्म चलेका रेकर्ड उद्योगमा छन्। 

उनले अभिनय गरेका ‘आफन्त, आफ्नो मान्छे, ए मेरो हजुर, हामी तीन भाइ, कहाँ भेटिएला, सुख–दुःख’लगायतका थुप्रै फिल्म बक्स अफिसमा हिट भएका थिए।

साउन २६, २०७९, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.