ad ad

कला


पुष्पको यो कस्तो घोषणा?

पुष्पको यो कस्तो घोषणा?

नेपालखबर
भदौ ३, २०७९ शुक्रबार ८:३, काठमाडौँ

पुष्प खड्का अभिनित फिल्म ‘कृष्णलीला’ आजबाट प्रदर्शनमा आउँदै छ। पुष्प यो फिल्मलाई लिएर निक्कै उत्साहित देखिएका छन्। उनले फिल्म रिलिजको अघिल्लो दिन आफ्नो फिल्म बक्स अफिसमा सफल नभए फिल्मबाट आफूले लिएको पारिश्रमिक फिर्ता गर्ने घोषणा गरेका छन्। उनको यो घोषणाका पछाडी उनी फिल्म चल्नेमा ढुक्क छन्।

उनले भने ‘यदि फिल्म चलेन भने आफूले पाएको पारिश्रमिकको निश्चित प्रतिशत रकम फिर्ता गर्छु।’ उनले पारिश्रमिक फिर्ता गर्न तयार हुनुका दुई कारण पनि बताएका छन्। पहिलो कारण फिल्म नचल्दा सबैभन्दा मार निर्मातालाई पर्ने भएकोले यो निर्णय लिएको सुनाए।

निर्माताबिना फिल्म उद्योग अधुरो रहने बताउँदै पुष्प भन्छने ‘लकडाउनको समयमा चलचित्र क्षेत्र फ्रिज थियो । त्यतिबेला निर्माता रोहित दाईले फिल्मका लागि प्रस्ताव गर्नु हुँदा उहाँको हिम्मत देखेर म उत्साहित थिएँ।’ कृष्णलीलासँग भावनात्मक रुपमा निकट भएकाले पनि फिल्म नचलेको खण्डमा पारिश्रमिक फिर्ता गर्नु पर्छ भन्ने महसुस भएको पुष्पले सुनाए।

दीपक वलीले निर्देशन गरेको यो फिल्ममा पुष्पले अटिजम प्रभावित रोमान्टिक युवकको भूमिका निर्वाह गरेका छन्। यो फिल्ममा पुष्पालाई डेब्यु गर्ल श्रद्धा क्षेत्रीले साथ दिएकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .