गायिका लाबोनी चक्रवर्ती नयाँ गीत ‘आँखामा सपना’ लिएर आएकी छिन्।
विदेहमणि उपाध्यायको शब्द तथा सङ्गीतमा रहेको उक्त गीत उनले आइतबार सार्वजनिक गरेकी हुन्।
सचिन सिंहको सङ्गीत संयोजन रहेको गीत अकोस्टिक रेकर्डिङ स्टुडियोमा राजाबाबु थारु र अजय कार्कीले रेकर्ड गरेका हुन् भने मिक्सिङ मास्टरिङ प्रकाश मिश्रले गरेका हुन् ।
'लाबोनी प्रमोद' युट्युब च्यानलमा सार्वजनिक भएको भिडियोमा धनाढ्य परिवारको रमाइलो प्रेमलाई देखाइएको छ । भिडियोमा अनन सिंह र शिल्पा थापालाई देख्न सकिन्छ ।
काठमाडौंमा खिचिएको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् भने युवानिर्देशक अनुप चापागाईँले निर्देशन गरेका हुन्। भिडियो सम्पादन विकाश दाहालले गरेका हुन्।
129
Shares

प्रतिक्रिया