कला


चलचित्र ‘प्रेम गीत ३’ भारतमा प्रदर्शन गरिने

चलचित्र ‘प्रेम गीत ३’ भारतमा प्रदर्शन गरिने

नेपालखबर
भदौ ७, २०७९ मंगलबार १६:५४, काठमाडौँ

नेपाली चलचित्र ‘प्रेम गीत ३’ भारतमा प्रदर्शन गरिने भएको छ। आशुसेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘प्रेम गीत ३’ले भारतमा प्रदर्शनका लागि तयारी थालेको हो। 

नेपाल चलचित्र निर्माता सङ्घका अनुसार नेपाली चलचित्र उद्योगको इतिहासमा नेपाली चलचित्र विदेशमा प्रदर्शन भएको तथ्याङ्क छैन। विभिन्न देशमा नेपाली चलचित्रको च्यारिटी प्रदर्शन भने हुने गरेको छ। चलचित्र ‘प्रेम गीत ३’ भारतका विभिन्न ठाउँमा एकसाथ प्रदर्शन हुन लागेको आशुसेन फिल्म प्रोडक्सनका प्रमुख तथा निर्माता निर्देशक सन्तोष सेनले बताए। 

‘एकसाथ भारतका धेरै ठाउँमा नेपाली चलचित्र प्रदर्शन हुनु नेपाली चलचित्र उद्योगका लागि ठूलो अवसर हो’, उनले भने। यसले नेपाली चलचित्रको बजार फराकिलो बनाउने उनको विश्वास छ। यसबाट नेपाली कला, संस्कृति र मौलिकताको प्रवर्द्धन पनि हुनेछ। 

चलचित्र ‘प्रेम गीत ३’ हिन्दी भाषामा पनि प्रदर्शन हुने भएको छ। नेपाली र हिन्दी भाषामा निर्माण गरिएको सो चलचित्रलाई भारतमा हिन्दी भाषामा र नेपालमा नेपाली र हिन्दी दुवै भाषामा प्रदर्शन गर्न लागिएको हो। चलचित्रमा  गीत पनि हिन्दी भाषामा निर्माण गरिएका छन्। 

नेपाली चलचित्र उद्योगका लागि ‘प्रेम गीत ३’ विदेशी बजारमा कोसेढुङ्गा साबित हुने चलचित्रका अभिनेता प्रदीप खड्काले बताए। 

चलचित्रमा खड्कासँगै क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, योगीशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ। 

साङ्गीतिक प्रेम कथामा निर्माण भएको ‘प्रेम गीत ३’ ‘प्रेम गीत’ चलचित्रको निरन्तर सिरिज हो। आगामी असोज ७ गतेदेखि चलचित्र नेपाल र भारतमा एकसाथ प्रदर्शन गरिने छ। सेनसँगै छेतेन गुरुङ पनि सो चलचित्रका निर्देशक हुन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad