बलिउड अभिनेता अमिताभ बच्चनलाई फेरि कोरोना संक्रमण भएको छ। आफूलाई दोस्रोपटक कोरोना संक्रमण भएको उनी आफैंले जानकारी दिएका हुन्।
अमिताभ बच्चनले ट्विटरमा लेखेका छन्, ‘म कोरोना संक्रमित भएँ... जो मेरो सम्पर्कमा आउनुभयो, कृपया आफ्नो परीक्षण गराउनुहोस्।’
— Amitabh Bachchan (@SrBachchan) August 23, 2022T 4388 - I have just tested CoViD + positive .. all those that have been in my vicinity and around me, please get yourself checked and tested also .. 🙏
यसअघि पनि उनलाई सन् २०२० को जुलाईमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो।
त्यतिबेला उनका छोरा अभिषेक बच्चन र बुहारी ऐश्वर्या राईलाई पनि कोरोना संक्रमण भएको थियो।
हिजोआज अमिताभ बच्चन क्विज शो ‘कौन बनेगा करोडपति’को सुटिङमा व्यस्त छन्।
63
Shares

प्रतिक्रिया