कला


धिरजले धेरै खोजे ‘भागवत गीता’मा अर्का नायक

धिरजले धेरै खोजे ‘भागवत गीता’मा अर्का नायक

नेपालखबर
भदौ ९, २०७९ बिहिबार ६:५३, काठमाडौँ

झरना थापाको नयाँ फिल्म ‘भागवत गीता’मा नायकका रुपमा धिरज मगरले अभिनय गर्ने पक्का भएको खबर सार्वजनिक भएको थियो। तर फिल्मका लागि धिरज फाइनल भइनसकेको निर्माण टिमले जनाएको छ।

गत भदौ ३ गते टिजर सार्वजनिक गरेको निर्माण टिमले सुहाना थापालाई मात्रै प्रस्तुत गर्यो। त्यसपछि दर्शकले धिरजको खोजी गरेका थिए।

फिल्मका लागि पक्का पक्की भएका भनिएका धिरजसँग कुराकानीकै चरणमा रहेको सुनिलकुमार थापाले बताएका छन्। 

निर्माता सुनिल र निर्देशक झरनाले अमेरिका जानुअगाडि नै धिरजसँग कुराकानी सुरु गरेका थिए। तर धिरजले ठूलो रकम पारिश्रमिक माग गरेपछि उनीहरु अमेरिका गएका थिए। धिरजले ‘भागवत गीता’का लागि ४० लाख पारिश्रमिक मागेको बताइएको छ। 

थापा परिवार अमेरिकाबाट नेपाल फर्किएपछि सुनिलको हार्ट सर्जरी भयो। सुनिलको स्वास्थ्यका कारण छायांकनमा जान नसकेको फिल्मको नायक भनिएका धिरजसँग पनि कुराकानी रोकिएको छ। 

फिल्म छायांकनमा निस्कने तयारीमा रहेको निर्माण टिम धिरज यही पारिश्रमिकमा अडिग रहे नयाँ नायक राख्ने सोचमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad