नेपाली फिल्म ‘कृष्णलीला’ प्रदशर्नमा आउनुअघि यसका नायक पुष्प खड्का निक्कै आशावादी थिए। फिल्म प्रचारमा उनले कुनै कसर बाँकी राखेनन्। प्रदर्शनअघि फिल्मको चर्चा पनि राम्रै थियो।
त्यही चर्चाले हुनुपर्छ– पुष्पमा बेग्लै आत्मविश्वास देखिन्थ्यो। उनी फिल्म चल्नेमा ढुक्क थिए। उनले आफ्नो फिल्म नचले फिल्मका लागि लिएको पारिश्रमिकको केही प्रतिशत रकमसमेत फिर्ता गर्ने घोषणा गरे। तर फिल्म हलमा धेरै दिन टिक्न सकेन। फिल्मले दर्शकको मात्रै होइन, समिक्षकको पनि राम्रो प्रतिक्रिया पाउन सकेन।
फिल्ममा अटिजमको भूमिकामा देखिएका पुष्पले यही फिल्मका लागि म्युजिक भिडिओको अभिनय छाडेका थिए। तर फिल्म नचलेपछि उनी म्युजिक भिडिओमै फर्किएका छन्। उनले समारिका र स्मारिकासँग एक गीतको म्युजिक भिडिओमा काम गरिसकेका छन्।
171
Shares

प्रतिक्रिया