गायिका समिक्षा अधिकारी हाँसोसहित बजारमा आएकी छिन्। उनी नयाँ गीत ‘हाँसेर’ लिएर बजारमा आएकी हुन्।
बजारमा आएको उक्त गीत गायनमा तेजेस रेग्मी रेग्मी र सुवास खत्रीले साथ दिएका छन्। सुजन सुजित खत्रीले लेखेको गीतमा लय सिर्जना पनि गीतकारकै रहेको छ। गीतमा संगीत संयोजन भने कृष्ण विश्वकर्माले गरेका छन्।
गीतको म्यूजिक भिडियो पनि सार्वजनिक भएको छ। भिडियोमा शर्मिला अधिकारी, दिव्या न्यौपाने, निशान जिसी, सन्तोष घिमिरे, मिलन कँडेल, प्रवीण काफले र सन्तोष गैरेले अभिनय गरेका छन्।
किरण चैसिरको छायाँकन रहेको भिडियो सम्पादन अमृत चापागाईंले गरेका छन्। भिडियो निर्देशन भने विशाल घिमिरेले गरेका छन्।
भिडिओ-
4.0k
Shares

प्रतिक्रिया