कला


हलिउड अभिनेता फ्रिमेन दसैँबारे भन्छन्– यो असत्यमाथि सत्यको जित मात्र होइन

हलिउड अभिनेता फ्रिमेन दसैँबारे भन्छन्– यो असत्यमाथि सत्यको जित मात्र होइन

नेपालखबर
भदौ २२, २०७९ बुधबार १३:८, काठमाडौँ

हलिउड अभिनेता मोर्गान फ्रिम्यानले नेपालीहरुको महान चाड दसैंको प्रशंसा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले दसैंको प्रशंसा गरेका हुन्।

उनले भनेका छन्, ‘दसैं असत्यमाथि सत्यको जित मात्र होइन यो त हामी आफैंभित्रको लडाइँलाई बुझ्नु हो र हाम्रो मनलाई बन्धनबाट मुक्त गर्दै विश्वका सबै सकारात्मक कुरालाई स्वागत गर्ने बनाउनु हो।’ 

उनले फिल्म सुटिङको क्रममा गरेको नेपाल भ्रमणको स्मरण गर्दै दशैंमा खिचाइएको तस्बिरहरु पनि राखेका छन्। 

को हुन् फ्रिमेन? 
फ्रिमेन चर्चित अमेरिकी अभिनेता हुन्। फरक फरक भूमिकामा आफ्नो गहकिलो आवाजको कारण उनले फिल्मी क्षेत्रमा छुट्टै पहिचान बनाएका छन्। उनले पाँच दशकभन्दा लामो समय फिल्म क्षेत्रमा बिताइसकेका छन्। 

अस्कर विजेता उनले ‘गोइङ इन स्टाइल’, ‘स्ट्रीट स्मार्ट’, ‘ग्लोरी’, ‘द रिडम्पशन’, ‘ब्रूस अलमाइटी’ लगायतका फिल्ममा अभिनय गरेका छन् । फिल्म ‘इन्भिक्टस’ मा उनले दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलाको भूमिका निर्वाह गरेका थिए ।

उनले थुप्रै अवार्ड पनि पाइसकेका छन्। उनी स्टोरी अफ गड फिल्मको सुटिङको लागि नेपाल आएका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad