पछिल्लो एकसाता यता नेपाली फिल्म ‘ऐना झ्यालको पुतली’को राम्रै चर्चा छ।
फिल्मको प्रिमियरपछि दर्शकले दिएको सतप्रतिसत सकारात्मक प्रतिक्रियाले फिल्मका निर्देशक सुजित बिडारी निक्कै उत्साहित थिए। तर उनको यो उत्साह फिल्म रिलिजको अघिल्लो दिनसम्म आइपुग्दा निराशामा परिणत भएको छ।
सुजित निराश हुनुको कारण छ। फिल्म रिलिजको अघिल्लो दिनसम्म शो नपाएपछि सुजितले मन दुखाउँदै स्टाटस पोस्ट गरेका छन्। हिन्दी फिल्म ‘ब्रम्हास्त्र’ सेन्सर पास नहुँदा नेपाली फिल्मले शो नपाएका हुन्।
आफ्नै देशमा ‘ऐना झ्यालको पुतली’ शो नपाएपछि निर्देशक बिडारीले प्रश्न गरेका छन् ‘म कुन हलमा कुन समय फिल्म हेर्न जाने?’
उनले लेखेका छन् ‘भावनात्मक कुरा गरेर फिल्म चल्दैन । फिल्म चल्नका लागि दर्शक हलसम्म पुग्नुपर्छ । अवस्था यस्तो छ कि, एउटा हिन्दी फिल्मको सेन्सर नभएको कारणले हामीले भोली रिलिज हुँदै गरेको हाम्रो फिल्मको शो समय अहिलेसम्म पाउन सकिरहेका छैनौं । कुन हलमा कुन समयमा जाउँ ?’
उनले फिल्म कुन समय कुन हलमा चल्छ भनेर सोधिरहेका साथीभाइलाई जवाफ दिन नसकेको भन्दै दुःख पोखेका छन्। चलचित्र विकास बोर्ड तथा निर्माता संघ मौन देखिएको छ।
Shares

प्रतिक्रिया