अहिले सामाजिक सञ्जालमा एउटा नृत्य भाइरल भइरहेको छ। जहाँ एक सानी बालिका साउथ फिल्म ‘पुष्पाः द राइज’को गीत ‘सामी सामी’ नृत्य गरिरहेकी देखिन्छिन्।
यो भिडिओ भाइरल भएपछि यो फिल्मकी नायिका रश्मिका मन्दनाले आफू प्रभावित भएको बताएकी छन्। उनले सामाजिक सञ्जालमार्फत भिडिओ नृत्य गर्दै गरेकी नेपाली बालिकालाई भेट्ने इच्छा व्यक्त गरेकी छन्।
सामाजिक सञ्जालमा उक्त भिडिओ सेयर गर्दै उनले लेखेकी छन् ‘मेड माइ डे । म यी सुन्दर बालिकालाई भेट्न चाहन्छु। तर कसरी ?’
उक्त नृत्य हेटौँडाको रसल एकेडेमीकी छात्रा बारिसा क्षेत्रीले गरेकी हुन्। यूकेजीमा अध्ययनरत उनले हरेक शुक्रबार स्कुलमा हुने अतिरिक्त क्रियाकलापका क्रममा नृत्य गरेकी थिइन्।
3.7k
Shares

प्रतिक्रिया