कला


विवादित बन्दै प्रदीप खड्का

विवादित बन्दै प्रदीप खड्का

फाइल तस्बिर


नेपालखबर
असोज ३, २०७९ सोमबार ८:३१, काठमाडौँ

केही साता अघिसम्म नायक प्रदीप खड्काको फिल्म उद्योगमा राम्रो चर्चा थियो।

उनले मिडियामा दिएका अन्र्तवार्ता, बलिउड बजारमा पुगेर नेपाली फिल्मका बारेका बोलेका कुरालाई लिएर उनको प्रशंसा भैरहेको थियो। उनले फिल्म ‘प्रकाश’मा गरेको अभिनयको पनि तारिफ भयो। यहि फिल्म प्रदर्शन ताका उनले लिएको एक्सनलाई सबैले प्रशंसा गरे।

‘प्रेमगीत ३’को प्रमोसन सँगै सुरु भएको उनको प्रशंसा यो फिल्म रिलिजको संघारमा आइपुग्दा भने विवादित बन्दै गैरहेको छ।

हिन्दी भाषामा पनि डब भएर नेपाल तथा भारतमा प्रदर्शन तयारीमा रहेको यो फिल्म प्रदर्शनमा नेपाली फिल्म सहरको सुविधा दिने÷नदिने भन्ने बहस चलिरहेका बेला उनले दिएका अभिव्यक्तिले उनी विस्तार विवादतिर तानिदै गएका छन्।

‘प्रेमगीत ३’को हिन्दी डब विदेशी भाषाको फिल्मको सूचीमा परेसँगै निर्माण पक्षले अतिरिक्त कर तिर्नु पर्ने भयो। यसमा चलचित्र विकास बोर्डले नसघाएको भन्दै प्रदीपले बोर्ड अध्यक्ष भुवन केसीको राजीनामा माग्न भ्याए। 

चलचित्र निर्माता संघले पनि यो फिल्मलाई स्वदेशी फिल्मलाई सहर सुविधा दिन नसकिने बताएपछि उनको आक्रोश निर्माता संघ तर्फ पनि सोझिएको छ। 

निर्माता संघले प्रेस विज्ञप्ती जारी गरेपछि प्रदीपले समानान्तर निर्माता संघ गठनको समेत चेतावनी दिए। प्रदीपका पछिल्ला अभिव्यक्ति हेरिरहेका धेरैले विदेशी भाषामा डब भएको सिनेमा विदेशीकै सूचीमा पर्ने बताउँदै आएका छन्। केहि भने ‘प्रेमगीत ३’को हिन्दी डबको पक्षमा पनि देखिएका छन्। 

फिल्म प्रदर्शनलाई लिएर भैरहेको यो विवादमा निर्माता तथा निर्देशक सन्तोष सेन केहि साइलेन्स सुनिएका छन्। प्रदीप भने सामाजिक सञ्जालमा निक्कै उग्र देखिएका छन्। धेरैले उनी निर्माण पक्षको व्यापारिक हितका लागि प्रयोग भैरहेको समेत चर्चा गर्न थालेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .