ad ad

कला


प्रेमगीत-३ ले भारतमा पहिलो दिनमै कमायो डेढ करोड

प्रेमगीत-३ ले भारतमा पहिलो दिनमै  कमायो डेढ करोड

नेपालखबर
असोज ८, २०७९ शनिबार २०:१, काठमाडौँ

सीमित शोका बावजुद नेपाली कथानाक चलचित्र प्रेमगीत-३ ले भारतमा राम्रो कमाइ गरेको छ।

हलमा लागेको पहिलो दिन शनिबार यो फिल्मले भारतीय ९२ लाख रुपैयाँ जम्मा गर्न सफल भएको बलिउडका ट्रेड एनालिस्ट तरण आदर्शले बताएका छन्। 

उनका अनुसार प्रेमगीत-३ ले भारतका सीमित हलमा अवसर पाएर पनि सरप्राइज कमाई गर्न सफल भएको हो।

प्रेमगीत-३ को सस्तो टिकट दरका कारण पनि हिन्दी फिल्मका दर्शकहरु हलसम्म पुग्न सकेको उनको भनाइ छ।

तरण आदर्शले दोस्रो र तेस्रो दल हलहरुमा अवसर दिइएमा प्रेमगीत-३ ले सन्देश छाड्ने गरी कमाइ गर्न सक्नेछ। 

'हलहरुमा पर्याप्त ठाउँ पाएमा प्रेमगीत-३ ले नर्मल टिकटमै पनि दर्शकलाई तान्न सक्छ', उनले भनेका छन्। 

बलिउड हंगामाका अनुसार प्रेम गीत-३ ले शनिबार पहिलो दिन विश्वभर करिब साढे ७ करोड ७५ लाख नेपाली रुपैयाँको व्यापार गरेको छ। 

प्रेम गीत ३ ले पहिलो दिन ४.८४ करोड भारतीय रुपैयाँ कमाएको हो। यो फिल्म भारतमा ५०० स्क्रिनमा रिलिज गरिएको थियो। भारतबाहेक ७०० स्क्रिनमा रिलिज गरिएको हो। 

यो फिल्मले अमेरिकामा २४.३८ लाख, क्यानडामा ३.१५ लाख, बेलायतमा १.३८ लाख, अष्ट्रेलियामा ३०.२७ लाख भारु कमाइ गरेको बलिउड हंगामाले उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .