फिल्म ‘जय हो’ निर्माणको घोषणा भएको छ। तिहारको अवसर पारे निर्माण घोषणा भएको यो फिल्म आगामी माघबाट छायांकनमा जानेछ।
सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा सलोन बस्नेत शीर्ष भूमिकामा देखिने छन्। शोभित बस्नेत प्रस्तुतकर्ता रहेको यो फिल्मका अन्य कलाकार भने फाइनल भएका छैनन्। फिल्मको शीर्ष भूमिकामा सलोनको साथमा अन्य एक नायक र नायिका पनि देखिनेछन्।
फिल्मका लागि नाम चलेका कलाकारसँग कुरा भैरहेको शोभित बस्नेतले जनाएका छन्। फिल्म कस्ले निर्देशन गर्ने भन्ने विषयमा पनि छलफल भैरहेको बस्नेतको भनाइ छ। फिल्मको कथा भने सुरेश न्यौपानेले लेखिरहेका छन्।
फिल्ममा राज के अधिकारीले लगानी गर्ने छन्। एक्सन लभ स्टोरी कथामा निर्माण हुने फिल्ममा शम्भुजित बाँस्कोटाले संगीत गर्ने छन्। फिल्म काठमाडौँ, पोखरा र मुस्ताङमा छायांकन गरिने छ।
Shares

प्रतिक्रिया