कला


सम्बन्ध विच्छेदको २० वर्षपछि भुवन–सुस्मिताको सम्बन्ध सतहमा

विवाह गर्ने तयारीमा भुवन
सम्बन्ध विच्छेदको २० वर्षपछि भुवन–सुस्मिताको सम्बन्ध सतहमा

भुवन केसी


नेपालखबर
कात्तिक १४, २०७९ सोमबार ९:१७, काठमाडौँ

पछिल्ला केही दिनयता अभिनेता भुवन केसी चर्चामा छन्। तिहारको सुरुवातसँगै केसीको तेस्रो विवाहको खबर सार्वजनिक भयो। ठीक यही समय कात्तिक ११ गते बाबुको विवाह हेर्ने दिन भनेर फिल्म ‘महापुरुष’को  प्रमोसन भइरहेको थियो। भुवनको विवाहको खबरले उनका छोरा अनमोल केसी ट्रोलको सिकार बने। बाबुको बिहे सबैभन्दा धेरै हेर्ने अनमोल भन्दै ट्रोलमा परे। अनमोलले भने सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छैनन्। उनी मौन छन्। 

उता प्रेमिका जिया केसीसँग अमेरिका भ्रमणमा रहेका भुवनले भने आफ्ना शुभचिन्तकलाई छिट्टै खुसीको खबर सुन्न पाउने सन्देश दिए। अमेरिका भ्रमणकै क्रममा केसीले आफ्ना अघिल्ला श्रीमतीसँगको सम्बन्धबारे बोल्न भ्याए। आफ्ना दुई श्रीमतीसँगको सम्बन्धबारे केसीले दिएको अभिव्यक्ति अहिले टिकटमा भाइरल भइरहेको छ।

सुस्मिता केसी

भुवनले कुराकानीका क्रममा पूर्वपत्नी सुस्मिताकै कारण आफूसँग डिभोर्स भएकोदेखि सुस्मिताले पुनः विवाह गरेकोसम्म उल्लेख गरेका छन्। सुस्मिताको पुनर्विवाहपछि आफूसँग कुरा समेत नभएको भुवनको अभिव्यक्ति आएपछि सुस्मिताले भुवनको कुराको खण्डन गरेकी छन्। 

‘म अहिले पनि सिंगल छु र भारतमा परिवारसँग बसिरहेको छु। मविरुद्धका आरोपहरु पूर्णतः आधारहीन छन् । हामीले सन् २००२ मा खुसीपूर्वक सम्बन्धविच्छेद गरेका थियौं। अलग भएको २० वर्षपछि पनि किन भुवनजी मेरो नाम लिँदै हिँडिरहनुभएको छ,’ सुस्मिताले प्रश्न गरेकी छन्।

भुवनले समाजको अगाडि आफ्नो बदनाम गराउँदै हिँडेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्। भुवनले जेठी श्रीमतीबारे भने नकारात्मक टिप्पणी गरेका छैनन्। भुवनसँगको सम्बन्ध सकेर अमेरिकामा बसिरहेकी जेठी श्रीमती विजयासँग भने अहिले पनि आफ्नो सुमधुर सम्बन्ध रहेको भुवनले बताएका छन्। हरेक अमेरिका यात्रामा जेठी श्रीमतीसँग भेट्ने गरेको भुवनले बताउने गरेका छन्। विजयासँग भुवनको सम्बन्ध सकएिको ३ दशक बितिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .