ad ad

कला


कुन कलाकार कुन नेतालाई भोट माग्दैछन्?

कुन कलाकार कुन नेतालाई भोट माग्दैछन्?

नेपालखबर
कात्तिक २३, २०७९ बुधबार १५:२५, काठमाडौँ

निर्वाचन नजिकिएको छ। देशमा सर्वसाधारणदेखि कलाकारसम्मलाई निर्वाचनले छोएको छ। राजनीतिक दलका कार्यकर्ता र उम्मेदवार घरदैलो गर्दै भोट माग्दै हिँडेका छन्। तिनै नेता कार्यकर्ताको भिडमा कतिपय कलाकार पनि देखिइरहेका छन्।

केही कलाकारले निर्वाचनमा उम्मेदवारी नै दिएका बेला केही कलाकार भने विभिन्न दलका नेता तथा स्वतन्त्र उम्मेदवारका नाममा भोट माग्दै हिँडेका छन्। 

पुराना अभिनेता नीर शाहले कांग्रेस उम्मेदवार प्रदीप पौडेलका पक्षमा खुलेर भोट मागेका छन्। शाहले काठमाडौं क्षेत्र नम्बर ५ का मतदातासँग पौडेललाई भोट हाल्न आग्रह मात्रै गरेनन् प्रदीपको खुलेर प्रशंसा गर्न भ्याए।

विशालनगरमा शनिबार आयोजना भएको लोकतान्त्रिक बुद्धिजीवी तथा पेसाकर्मी समूहको भेलामा पुगेका शर्माले ५ वर्षअघि गरेको भुल सुधार गर्न समेत आग्रह गरे।

उनले भने, ‘मैले पाँच वर्षअघि पनि लोकतान्त्रिक शक्तिलाई मत दिऔँ भनेर भनेको थिएँ। अब यस पटक भने भुल नगरौँ।’

त्यस क्षेत्रका उम्मेदवार प्रदीप पौडेललाई भोट गर्न आग्रह गर्दै शाहले भने ‘अहिले यस क्षेत्रले प्रदीप पौडेललाई उम्मेदवारको रुपमा पाएको छ। प्रदीप सुन्दर नेपालको परिकल्पनाकार हुन्। संकुचित सामन्ती सोचलाई पराजित गर्नका लागि गठबन्धन गरेको हो। वैचारिक सम्मुन्नतिको पक्षमा मतदान गर्नुहोला।’

नयाँ पुस्ताका निर्देशक निश्चल बस्नेत पनि सामाजिक सञ्जाल मार्फत भोट मागिरहेका छन्। उनले अधिकांश रवि लामिछानेको पार्टी ‘राष्ट्रिय स्वतन्त्र पार्टी’का उम्मेदवारका नाममा भोट मागेका छन्। सामाजिक सञ्जाल हेर्दा उनी रविको पार्टीको क्याम्पेनर जस्तै देखिन्छन्।  

आस्थाले देश परिवर्तन नभएको भन्दै बस्नेतलले मतदातालाई मत परिवर्तन गर्न आग्रह गरेका छन्। बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका प्रत्यक्ष र समानुपातिक दुवैतर्फका उम्मेदवारलाई भोट मागिरहेका छन्। 

र्‍यापर आशिष राना ‘लाउरे’ले गण्डकी प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार बिन्दुुकमार थापालाई मतदान गर्न आग्रह गरेका छन्। थापाको पक्षमा खुलेर मत मागिरहेका लाउरेले सामाजिक सञ्जालमा भिडिओ सन्देश नै पोस्ट गरेका छन्। थापा गण्डकीका बहालवाला मन्त्रीसमेत हुन्। लाउरेले संविधानले दिएको उम्मेदवार छनोट गर्ने आफ्नो अधिकारलाई ख्यालमा राख्दै आफूले पनि थापालाई भोट दिने निर्णय गरेको उल्लेख गरेका छन्। 

पुराना अभिनेता निर्मल शर्मा कांग्रेस उम्मेदवार गगन थापाको पक्षमा खुलेर लागेका छन्। स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बालेन शाहको पक्षमा क्याम्पेन नै गरेर हिँडेका शर्माले यस पटक गगनलाई भोट गर्न आग्रह गरेका छन्। काठमाडौं–४ का मतदाता रहेका शर्मा र गगन थापाको तस्बिरले पनि एकपटक राम्रै चर्चा पाएको थियो। 

यस्तै, कांग्रेस महामन्त्री गगन थापाको पक्षमा खुलेर लागेका अर्का अभिनेता हुन् अनुपविक्रम शाही। शाहीले फेसबुकमा महामन्त्री थापासँगको तस्बिर शेयर गरेका छन्। गगनको पक्षमा खुलेका शाही भन्छन्, ‘दूरदर्शी नेताहरु गगन थापा र उदय शमशेर समर्थन गर्दैछुु। उहाँहरुको नेतृत्वमा हाम्रो देशमा केही सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरेका छौँ।’ 

शाहीले उदय शमशेरको फोटो पनि फेसबुकमा पोस्ट गरेका छन्। दुई दर्जन बढी चलचित्रमा अभिनय गरेका शाही गत साउनमा नेपाली कांग्रेस प्रवेश गरेका थिए।

निर्मल शर्मा गगनसँगै काठमाडौं–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमको चुनावी कार्यक्रममा पनि देखिएका छन्। बमको कार्यक्रममा शर्मासँगै निश्चल पनि देखिएका थिए। 

अर्का अभिनेता निखिल सर्लाही क्षेत्र नम्बर ३ का उम्मेदवार हरि उप्रेतीको पक्षमा भोट माग्न सर्लाही पुगेका छन्। हरि निखिलका दाजु समेत हुन्। एमाले उम्मेदवार हरिको चुनावी प्रचारमा हिँडिरहेका निखिलको भिडिओ टिकटकतिर भेटिन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .