नेपाली फिल्म ‘डेसान : द एपिडेमिक’को टिजर सार्वजनिक भएको छ। कमल एक्चै मगरले निर्देशन गरेको यो फिल्ममा भोलाराज सापकोटा, नम्रता सापकोटा, निशान चौहान र पुनम थापाले शीर्ष भूमिका निर्वाह गरेका छन्।
फिल्मको टिजरमा विवाहेत्तर सम्बन्ध र यसको सामाजिक प्रभावको कथा देखाइएको छ। दम्पतीको सम्बन्धबीचमा नम्रता सापकोटाको चरित्र घुसेपछि सम्बन्धमा आउने उतारचढावको केन्द्रीय द्वन्द्व वरपर फिल्मको कथा घुमेको छ।
फिल्ममा कविता आले, शम्भुराज थापा, आरुसजंग शारु लगायतका कलाकारले पनि अभिनय गरेका छन्। पर्फमिङ आर्ट क्रिएसनको ब्यानरमा निर्माण भएको यो फिल्म सोसल ड्रामा जनरामा आधारित रहेको बताइएको छ।
हेर्नुहोस् टिजर
69
Shares

प्रतिक्रिया