आफू अभिनित चलचित्र ‘महापुरुष’ हेरेर मीठो प्रतिक्रिया दिएको भन्दै कलाकार हरिवंश आचार्यले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई धन्यवाद दिएका छन्।
कुलमानले फिल्मबारे प्रतिक्रिया दिइरहेको छोटो भिडिओ सामाजिक सञ्जालमा सेयर गर्दै आचार्यले उनलाई धन्यवाद दिएका हुन्।
फिल्ममा सबै कुरा समेटिएको र एकदमै राम्रो भएको उल्लेख गर्दै कुलमानले भिडिओमा भनेका छन्, ‘बत्तीको उज्यालोले भन्दा मनको उज्यालोले घर उज्यालो हुन्छ।’
प्रतिक्रियाका लागि आभारी हुँदै हरिवंश आचार्यले फेसबुकमा लेखेका छन्, ‘महापुरुष फिल्म हेरेर मीठो प्रतिक्रियाको लागि आभारी छौं कुलमान सर! धन्यवाद।’
हेर्नुहोस् हरिवंश आचार्यले सेयर गरेको भिडिओ–
297
Shares
प्रतिक्रिया