ad ad

कला


‘पासो’मा रिस्ता र सुनिशाको बाँच्ने संघर्ष, हेर्नुहोस् ट्रेलर

‘पासो’मा रिस्ता र सुनिशाको बाँच्ने संघर्ष, हेर्नुहोस् ट्रेलर

नेपालखबर
कात्तिक २८, २०७९ सोमबार १२:५४, काठमाडौँ

नेपाली फिल्म ‘पासो’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा अपहरणमा परेका दुई युवतीले बाँच्नका लागि गरेको संघर्ष छ। यो संघर्षको जिम्मा कलाकार रिस्ता बस्नेत र सुनिशा बजगाईंलाई दिइएको छ।

फिल्म ‘पासो’मा कथा, पटकथा, संवाद र निर्देशन  कथा, पटकथा, संवाद र निर्देशन आर.बी पुनको छ। फिल्ममा भगवान् भुजलेले लगानी गरेका छन्। राजकुमार राउत कार्यकारी निर्माता रहेको फिल्ममा वसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना र सरस्वती गुरुङ सह–निर्माता छन्। 

फिल्ममा रिस्ता र सुनिशाको साथमा रामकुमार बस्ताकोटी, प्रतीक दुलाल, प्रणव आकाशलगायतका कलाकारले शीर्ष भूमिका निर्वाह गरेका छन्। उत्तम हुमागाईंको छायांकन रहेको फिल्ममा सुरेश बस्यालको कोरियोग्राफी तथा भूपेन्द्र अधिकारीको सम्पादन छ। 

फिल्म ‘पासो’ मंसिर १६ गतेदेखि देशभर प्रदर्शन हुँदै छ। 

यस्तो छ ट्रेलर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .