कला


युवा पुस्ताका कलाकारसँग प्रधानमन्त्रीले भने : योग्य उम्मेदवार छान्न प्रेरित गर्नुहोस्

युवा पुस्ताका कलाकारसँग प्रधानमन्त्रीले भने : योग्य उम्मेदवार छान्न प्रेरित गर्नुहोस्

नेपालखबर
कात्तिक २८, २०७९ सोमबार १७:३७, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँपुस्ताका कलाकर्मीहरूसँग अन्तरक्रिया गरेका छन्।

उनले पत्नी आरजु राणा देउवासँगै आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा ३० भन्दा बढी नयाँपुस्ताका मोडल, कलाकारलाई भेट्दै निर्वाचन सम्पन्न गर्नेतर्फ सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरे

‘निष्पक्ष भएर क्षणिक लोभ, लालचभन्दा पनि योग्य उम्मेदवारहरूलाई छानेर मतदान गर्न प्रेरित गर्नुस्’, प्रधानमन्त्री देउवाले भने, ‘निर्वाचनमा युवापुस्ताको सहभागिता बलियो हुनुपर्छ भन्ने सन्देश तपाईंहरूले दिनुपर्यो।’ 

उनले नेपाली कला क्षेत्रको समस्या समाधानका निमित आफू सदैव तयार रहेको बताए। 

भेटघाटमा सहभागीहरूले फिल्म, सङ्गीतलगायतको क्षेत्रमा देखिएको समस्या उठान गरेका थिए। उनीहरूले फिल्म छायाङ्कनको समस्या, छायाङ्कनमा अनुदान, फिल्ममार्फत पर्यटन प्रवर्द्धन, सङ्गीतको रोयल्टी, ओटीटीको विषयमा देखिएको केही समस्या उठान गरेका थिए। 

‘समस्याहरूलाई हामीले सम्बोधन गर्नेछौँ। हामीलाई समस्याका बारेमा अवगत गराइरहनुस्। म सदैव सकारात्मक छु’, प्रधानमन्त्री देउवाले भने। 

प्रधानमन्त्री पत्नी तथा कांग्रेस नेत्री देउवाले चुनावपश्चात पनि यस्ता छलफल अझै बढाउने बताइन्। 

‘निरन्तर संवादले नै समस्याको हल दिन्छ। हामी आफ्नो कला, संस्कृतिको प्रवर्द्धधन गर्न तत्पर छौँ। छलफलसँगै आउँदो दिनमा निकास दिनेछौँ’ उनले भनिन्। 

भेटघाट तथा छलफलमा नयाँपुस्ताका कलाकर्मीहरू पूर्णिका सिजापति, उषा उप्रेती, एलिना चौहान, एलिजा गौतम, जेबिका कार्की, रिस्ता बस्नेत, सुधीर श्रेष्ठ, युवराज चौलागाईं, निर्माता सरोज न्यौपाने र निर्देशक हेमराज बिसीलगायतको सहभागिता थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad