ad ad

कला


बिहे गर भन्ने बासँग गायिका कमला थापाले मागिन् अंश (भिडिओ)

बिहे गर भन्ने बासँग गायिका कमला थापाले मागिन् अंश (भिडिओ)

नेपालखबर
कात्तिक ३०, २०७९ बुधबार १३:१७, काठमाडौँ

पछिल्लो समय विवाहपछि हिंसामा परेका महिलाका खबर सार्वजनिक भइरहेका छन्। यही बेला गायिका कमला थापाले चेतनामूलक गीत सार्वजनिक गरेकी छन्।

उनले गीतमार्फत छोरीलाई पनि छोरालाई सरह अंश दिनुपर्ने माग गरेकी छन्। गीतमै उनले आफूलाई विवाह गर्न कर गर्ने बुवासँग अंश मागेकी छन्। कमलाले ‘अंश मलाई देऊ’बोलको गीतमार्फत यो भावना व्यक्त गरेकी हुन्। 

सार्वजनिक गीतमा बाबुल गिरीका शब्द, संगीत तथा संगीत संयोजन सुन्न सकिन्छ। 

गीतको म्युजिक भिडिओ पनि सार्वजनिक गरिएको छ। माइकल चन्दले निर्देशन गरेको भिडिओमा मोडलद्वय उषा उप्रेती र गीता ढुंगाना देखिएका छन्।  नवराज उप्रेतीले खिचेको भिडिओमा शिलन लम्सालले सम्पादन गरेका छन्। 

म्युजिक भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .