ad ad

कला


मेसिनलाई हस्ताक्षर गराएर पुस्तक बेचेका बब डिलनले मागे माफी

मेसिनलाई हस्ताक्षर गराएर पुस्तक बेचेका बब डिलनले मागे माफी

नेपालखबर
मंसिर १२, २०७९ सोमबार १७:२४, काठमाडौँ

मेसिनलाई आफ्नो हस्ताक्षरको नक्कल गराएर पुस्तक र कलाकृति बेचेका नोबेल पुरस्कार विजेता गीतकार/गायक बब डिलनले माफी मागेका छन्। 

आफूले रोगले गाँजेपछि २०१९ देखि नै यस्तो काम गर्दै आएको उनले जनाएका छन्। आफूले गल्ती गरेको भन्दै उनले पश्चाताप पनि गरेका छन्।

एक प्रशंसकले डिलनको द फिलोसफी अफ मोडर्न सङ नामक किताबको सीमित संस्करण ६०० डलरमा किनेका थिए। सो कृतिमा डिलनको हस्ताक्षर थियो। तर, डिलनको हस्ताक्षरको फोटो र किताबमा भएको हस्ताक्षर दाँज्दा नमिलेपछि यो प्रकरण खुलासा भएको थियो।

पुस्तक प्रकाशक साइमन एन्ड सुस्टरले सुरुमा हस्ताक्षर वैध भएको दाबी गरेको थियो। तर, पछि विवाद बढ्दै गएपछि पैसा फिर्ता गर्न सहमत भएको थियो।

त्यसपछि शुक्रबार एक विज्ञप्ति जारी गर्दै डिलनले कतिपय हस्ताक्षर मेसिनले गरेको स्वीकारेका छन्।

‘वर्षौंसम्म मैले हरेक कलाकृति आफैँले हस्ताक्षर गर्दै आएको थिएँ। र, कुनै समस्या थिएन। तर, २०१९ पछि भर्टिगो (सन्तुलन गुमाउने एक किसिमको रोग) विकसित भयो। त्यसबेला मलाई हस्ताक्षरका लागि पाँच जनाको सहयोग चाहिने अवस्था आयो,’ उनले भनेका छन्, ‘महामारीका बेला त्यसरी हस्ताक्षर गर्न असम्भव भयो।’

त्यसपछि आफूलाई ‘अटोपेन’ प्रयोग गर्न सुझाव आएको उनले बताएका छन्। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .