ad ad

कला


नेपाली थिएटरमा आज इटालीको मजदुरको कथा

नेपाली थिएटरमा आज इटालीको मजदुरको कथा

नेपालखबर
मंसिर १५, २०७९ बिहिबार १०:३२, काठमाडौँ

इटालीको मजदुरको कथा बोकेर ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्च : विविधताको उत्सव’ भन्ने नाराका साथ जारी नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) सातौं दिनमा आइपुगेको छ। बिहीबार मञ्चन हुने इटालीको नाटक ‘मेड इन इल्भा’ले प्रतिकूल उत्पादन प्रणालीभित्र कैद एक मजदुरको कथा भन्छ।

उत्तरआधुनिक परिवेशमा एक मानिस मेकानिक मानिसभन्दा पनि एकोहोरो चालको मेसिनमा परिणत हुन्छ र मात्र प्राविधिक कृत्रिम अस्तित्वमा रहन बाध्य हुन्छ। मानिसलाई मानवीय रुपमा नभई उपकरणका रुपमा मात्र लिने औद्योगिक मालिकहरुको प्रवृत्तिलाई नाटकले यस नाटकले मञ्चन गर्छ। 

अन्ना डोरा डोर्नी निर्देशित तथा निकोला पियन्जोला लिखित ‘मेड इन इल्भा’ दिउँसो १२ र ४ बजे मञ्चन हुँदै छ।

त्यस्तौ सातौं दिनको प्यानल डिसकसनको विषय ‘थिएटर शिक्षा : अवसर र चुनौती’ छ। साँझ ५ बजे यस विषयमा विश्वविद्यालयका सम्बन्धितहरु र थिएटर व्यक्तित्वबीच अन्तरक्रिया हुनेछ। 

बिहीबारै कचहरी नाटक र क्लाउन नाटकसम्बन्धी कार्यशाला पनि सञ्चान हुँदै छ भने मण्डला थिएटरले सञ्चालन गरेको पहिलो एकवर्षे ड्रामा स्कुलका क्रियाकलाप, उपलब्धि र प्रतिक्रिया समेटिएको वृत्तचित्र पनि प्रदर्शन गरिँदै छ। 

बुधबार के के भए?
छैटौं दिन बुधबार भारतको इभान हास्टिङ निर्देशित नाटक ‘स्याडो लिवेरेसन’ र श्रीलंकाको नाटक ‘राजा मन वहला’ मञ्चन भएको थियो।

पहिलो नाटक छायाँ र कचहरी नाटकको मिश्रित शैलीमा तयार पारिएको थियो भने दोस्रो लोक तथा सांगितिक शैलीमा प्रस्तुत भएको थियो।

त्यस्तै महोत्सवमा नारायण वाग्लेको उपन्यासमा आधारित सुरज सुवेदीले नाट्य रुपान्तरण गरेको नाटक ‘पल्पसा क्याफे’को विमोचन भएको थियो भने ‘नाटकमा शब्दको आकृतिः कस्तो देखिन्छ, कस्तो लेखिन्छ ?’ शीर्षकमा प्यानल डिसकसन सम्पन्न भयो। हुम बीसी र माधव त्रिपाठीले नेपाली लोकबाजाको सांगितिक प्रस्तुतिका साथ छैटौं दिनको कार्यक्रम समापन गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .