ad ad

कला


सुकुमवासी प्रकरणपछि भाइरल ‘६ एकान ६’को क्लिप्समा के छ? हेर्नुहोस्

सुकुमवासी प्रकरणपछि भाइरल ‘६ एकान ६’को क्लिप्समा के छ? हेर्नुहोस्

नेपालखबर
मंसिर १६, २०७९ शुक्रबार १०:५८, काठमाडौँ

काठमाडौँको थापाथलीमा भएको सुकुमवासी प्रकरणपछि फिल्म ‘६ एकान ६’ को एउटा क्लिप्स भाइरल भइरहेको छ। बागमती किनारमा रहेको सुकुमवासी बस्ती खाली गर्न गएको काठमाडौं महानगरपालिकाको टोलीसँग भएको झडपपछि सुकुमवासीप्रति नै सामाजिक सञ्जालमा विभिन्न खाले प्रश्न उठिरहेका छन्। 

यही प्रकरणपछि काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र एमाले अध्यक्ष केपी ओलीबिच दोहोरी नै पर्‍यो। सुकुमवासीलाई भिन्न–भिन्न शक्तिले परिचालन गर्ने गरेको भन्दै अहिले टिक्का टिप्पणी पनि भइरहेको छ। 

यसैबीच २०७० सालमा दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले बनाएको फिल्मको भिडिओ क्लिप्स भाइरल भइरहेको छ। दिनेश डीसीले निर्देशन गरेको फिल्म ‘६ एकान ६’ पनि बागमती किनारका सुकुमवासी बस्तीको विषय उठान गरिएको छ। सुकुमवासीको भूमिकामा अभिनेता केदारप्रसाद घिमिरे देखिएका छन्। 

भाइरल भइरहेको भिडिओ क्लिप्समा सुकुमवासीलाई पैसा दिएर भिन्न–भिन्न पार्टीले आफ्नो अनुकूलताअनुसार प्रयोग गरिरहेको देखाइएको छ। 

हेर्नुहोस् सामाजिक सञ्जालमा भाइरल ‘६ एकान ६’को यो भिडिओ क्लिप्स :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .