बलिउड अभिनेत्री दीपिका पादुकोणले कतारमा जारी फिफा विश्वकप फुटबलको समापन समारोहमा ट्रफी अनावरण गर्ने भएकी छन्।
फिफा विश्वकपको इतिहासमै ट्रफी अनावरण गर्ने पहिलो सेलिब्रेटी दीपिका हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। विश्वकप फुटबलको अन्तिम खेल आगामी पुस ३ गते लुसैल रंगशालामा हुने छ।
विश्वकपमा भाग लिन दीपिका कतार जाने तयारीमा छिन्। हालै सम्पन्न कान्स फिल्म फेस्टिभलको जुरीका रूपमा सहभागी भएकी दीपिकाका लागि विश्वकपको सहभागितालाई पनि ठूलो उपलब्धिका रूपमा हेरिएको छ।
दीपिका शाहरुख खानको आगामी फिल्म ‘पठान’मा देखिने तयारीमा छिन्।
201
Shares
प्रतिक्रिया