ad ad

कला


उत्कृष्ट ८ बाट टुंगियो परिजिताको ‘द भ्वाइस’ यात्रा

उत्कृष्ट ८ बाट टुंगियो परिजिताको ‘द भ्वाइस’ यात्रा

नेपालखबर
मंसिर २१, २०७९ बुधबार १०:२०, काठमाडौँ

गायन रियालिटी शो ‘द भ्वाइस’को अमेरिकी संस्करणमा प्रतिस्पर्धा गरिरहेकी नेपाली मूलकी परिजिता बाँस्तोला अन्तिम ८ बाट बाहिरिएकी छन्।

अन्तिम आठमा रहेकामध्ये ३ जना एकैदिन बाहिरिएका छन्। चारजना बाहिरिएका प्रतिस्पर्धीमध्ये एकजना भने स्टेजमै पाएको भोटका आधारमा उत्कृष्ट पाँचमा फर्किन पाएका छन्। 

परिजितासहित बाहिरिएका अन्य ३ जनालाई अन्तिमपटक गीत गाउने अवसर प्रदान गरिएको थियो। गीत गाएका चारै जनालाई गीत गाएको ५ मिनेटभित्र मतदान गर्न लगाइएको थियो। त्यसमध्ये सबैभन्दा ज्यादा मत ल्याउनेलाई शोमा फर्काइएको हो। 

विश्वभरका नेपालीसँगै संगीतप्रेमीको मन जितेकी परिजिताको भने ‘द भ्वाइस’को यात्रा यहीँ सकिएको छ। उनले सेमिफाइनलमा गत सोमबार अस्ट्रेलियाली गायिका तथा अमेरिकी द भ्वाइसको २२औँ संस्करणमा परिजिताको यो प्रस्तुतिले पनि निक्कै प्रशंसा पाएको थियो। 

तर भोटका आधारमा उनी शोबाट बाहिरिएकी हुन्। मंगलबार राति ७ बजेसम्म उनलाई विश्वभरबाट शुभेच्छुकले भोट दिए तापनि उनी अन्तिम ५ मा पर्न सफल भइनन्। 

जन लेजेन्डको टोलीमा रहेर उत्कृष्ट ८ सम्मको यात्रा तय गरेकी परिजिता ‘द भ्वाइस’को अमेरिकी संस्करणमा सहभागी हुने नेपाली मूलकी प्रथम नेपाली अमेरिकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .