भारतीय अभिनेता विवेक ओबरोय नेपाल आएका छन्।
फ्लाइ दुवईबाट बुधबार साँझ काठमाडौं आइपुगेका उनी होटल सोल्टीमा बसेका छन्।
यसअघि उनले भिडिओ सन्देश जारी गर्दै आमाबुवा, श्रीमती प्रियंका अल्वा, छोरा विवान र छोरी अमेयासँग नेपाल आउने बताएका थिए।
ओबरोयले भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा हुने भेटघाट तथा अभिवादन कार्यक्रममा सहभागी हुने बताएका छन्। यस्तै, सगरमाथा आधार शिविर, पोखरा, लुम्बिनी, काठमाडौंको पशुपतिनाथ मन्दिरलगायतका ठाउँ घुम्न आतुर रहेको उनको सन्देशमा उल्लेख छ।
‘नेपाल भ्रमणपछि अरुलाई पनि नेपाल घुम्न र अनुभव गर्न सुझाव दिनेछु। नेपालसँग भारतको सुन्दर र बलियो सम्बन्ध छ। हामी नेपालीहरू जस्तै छौं र नेपालीहरू हामी जस्तै छन्,’ ओबेरोयले भिडियो सन्देशमा भनेका छन्, ‘२० वर्षको अभिनय करियरमा नेपाली दर्शकले दिएको मायालाई सम्झेर म नेपाल आउन लागेको हुँ।’
सन् २००२ मा राम गोपाल वर्माको ग्याङ्स्टर ड्रामा कम्पनीबाट बलिउडमा डेब्यु गरेका ओबेरोयले उनलाई दुईवटा फिल्मफेयर अवार्ड जितेका थिए।





Shares

प्रतिक्रिया