कला


अग्लो भएकै कारण पिटाइ खान्थे अमिताभ

अग्लो भएकै कारण पिटाइ खान्थे अमिताभ

अमिताभ बच्चन


नेपालखबर
पुस १०, २०७९ आइतबार १०:४४, काठमाडौँ

बलिउड अभिनेता अमिताभ बच्चनका जीवनका अनेक किस्सा सार्वजनिक भइरहन्छन्। उनी आफैंले टेलिभिजन शो ‘कौन बनेगा करोडपति’ मा आफ्ना जीवनका अनेक घटना सुनाउने गरेका छन्।

पछिल्लोपटक उनले आफ्नो उचाइसँग गाँसिएको एक किस्सा सुनाएका छन्। 

‘कौन बनेगा करोडपति’को एक भागमा प्रतिस्पर्धी काशवी शर्माले आफ्नो कम उचाइ मन नपरेको बताए। त्यही भागमा अमिताभले आफ्नो स्कुले जीवनको सम्झना गरे। उनले आफ्नो उचाइका कारण थुप्रै समस्या झेलेको बताएका छन्। 

उनले भने, ‘मैले स्कुलमा उचाइकै कारण धेरै समस्या भोगेँ। हामीलाई स्कुलमा बक्सिङ सिक्नु जरुरी थियो। तर अग्लो उचाइका कारण सिनियर समूहमा राखिदिए। म स्कुलमा कुटाइ खान्थेँ, किनकि म अग्लो थिएँ।’ 

शो को फास्टेस्ट फिंगर फस्ट राउन्ड जितेर हट सिटमा बस्ने मौका पाएकी काशवीले अमिताभको स्कुले जीवनको सम्झना गराएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .