‘मिस युनिभर्स नेपाल’ २०२२ की विजेता सोफिया भुजेल अमेरिका गएकी छन्। उनी आगामी शनिबार साँझ अमेरिकामा आयोजना हुने ‘मिस युनिभर्स’मा सहभागी हुने छिन्। त्रिभुवन विमानस्थलमा ‘मिस युनिभर्स नेपाल’की राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठलगायतको टिमले सोफियालार्ई बिदाइ गरेको छ।
अमेरिका उड्नुअघि सोफियाले ‘मिस युनिभर्स’को ताज नेपाल भित्र्याउन उत्कृष्ट प्रस्तुति दिने बताएकी छन्। भनिन्, ‘म यसपटक नेपालमा मिस युनिभर्सको ताज भित्र्याउन उत्साहित छु।’
उनले ताजका लागि आफूलो राम्रो तयारी गरेको दाबी पनि गरेकी छन्।
मिस युनिभर्स नेपालको आयोजक टिम पनि ‘मिस युनिभर्स’को ७१औँ श्रृंखलाको ताज नेपाल भित्रिनेमा विश्वस्त देखिएको छ। ‘मिस युनिभर्स’को स्टेजमा सोफियाले नेपाली संकृती झल्कने पहिरनसमेत तयार पारेको बताएकी छन्।
सोफियाले विश्वका ८५ भन्दा धेरै देशका युवतीसँग प्रतिस्पर्धा गर्नेछिन्। सोफियाले आफ्नो यो यात्रामा साथ दिन सबैलाई आग्रह गरेकी छन्।
Shares

प्रतिक्रिया