कला


सकिएकै हो आर्यनको युग?

सकिएकै हो आर्यनको युग?

नेपालखबर
पुस २१, २०७९ बिहिबार ८:५८, काठमाडौँ

एक समयका चक्लेटी हिरो आर्यन सिग्देल लामो समयपछि पर्दामा फर्किए। पछिल्लो समय उनले अभिनय गरेको ‘डिसेम्बर फल्स’ गत शुक्रबारदेखि रिलिज भयो। फिल्म रिलिज हुनभन्दा अगाडि उनको कमब्याकको निकै चर्चा गरियो। आर्यनले दर्शकलाई हलसम्म तान्नेमा निर्माता ढुक्क थिए। आर्यन आफैं पनि आत्मविश्वासी देखिन्थे। 

तर निर्माता र आर्यनको आत्मविश्वासले दर्शकलाई हलमा तान्न सकेन। हलमा उनको फिल्म निकै कमजोर देखियो। आर्यनसँग उपासना सिंह ठकुरीले स्क्रिन सेयर गरेको यो फिल्मले रिलिज अघिसम्म ९ करोड कमाउने निर्माताले दाबी गरिरहेका थिए। 

आर्यनले पनि निर्माताको बोलीमा हो थपेका थिए। उनीहरुको यो कुरालाई दर्शकले लालमोहर लगाएनन्। अंग्रेजी नयाँ वर्ष र ल्होसारको अवसर पारेर हलमा लागेको फिल्मले पनि अपेक्षित दर्शक पाएन। योसँगै फिल्मी बजारमा आर्यनको युग सकिएको चर्चा सुरु भएको छ। 

आर्यनपछि उद्योगमा आएका अनमोल केसी, प्रदीप खड्काहरुले अहिले राम्रो चर्चा कमाइरहेका छन्। उनीहरुले अभिनय गरेका फिल्म पछिल्लो समय व्यावसायिक रुपमा सफल पनि भइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad