कलाकार सन्ध्या खड्का सवारी दुर्घटनामा परेकी छन्। उनी सिरियल ‘नारी’को छायांकन सकेर घर फर्किने क्रममा दुर्घटनामा परेकी हुन्। खड्का पठाओमा घर फर्किंदै थिइन्। उनी चढेको पठाओ मोटरसाइकल बबरमहलस्थित मुख्य सडकमा कारसँग ठोकिदा दुर्घटना भएको हो।
खड्काको टाउको र शरीरमा चोट लागेको छ। खड्काको अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको कलाकार उत्तम केसीले बताएका छन्। उनको टाउकोमा २५ टाँका लगाइएको छ।
डाक्टरले खड्का खतरा मुक्त रहेको बताएापनि केही दिन अस्पतालमै बस्नुपर्ने जनाएको छ।
उनले ‘सोच’, ‘रुमालै छ चिनो’ लगायतका केही फिल्ममा समेत अभिनय गरेकी छिन्। पछिल्लो समय प्रसारण भइरहेका ‘नदेखिएको जात’, ‘उल्टो सल्टो’, ‘नारी’, ‘संन्ध्या’, ‘ठीकै छ’, ‘परिवार’, ‘टुहरी’ लगायतका टेलिसिरियलमा अभिनय गरिरहेकी छन्।
Shares

प्रतिक्रिया